पक्राउ परेका सिके राउत मुक्त, भिड हटाउन प्रहरीद्वारा लाठी चार्ज

223
  •  
  •  
  •  

जलेश्वर, १३ पुस (ओएनएस)  : महोत्तरीमा आइतबार मध्यान्ह पक्राउ गरिएका सिके राउतलाई साँझ नियन्त्रण मुक्त गरिएको छ ।

जलेश्वरमा आइतबारको लागि तय गरिक्ष्एको आमसभामा सम्बोधन गर्न आइरहेको बखत राउतलाई पिपराबाट पछ्याउँदै नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालयमा लगिएको थियो ।

प्रमुख जिल्ला अधिकारी दिपक काफ्ले लगायतका सुरक्षा अधिकारी र स्वतन्त्र मधेश गठबन्धन महोत्तरीबीच भएको बार्तापछि उनलाई मुक्त गरिएको जिल्ला संयोजक देबेन्द्र चौधरीले बताए ।

प्रहरीका अनुसार सुरक्षाको कारण राउतलाई नियन्त्रणमा लिइएको जनाएको थियो । जिल्ला प्रहरी कार्यालय भित्र राउत राखिएको भ्यान छिराउन खोज्दा समर्थकको बिरोध छल्न लाठी चार्ज गरिएको छ ।

समर्थकले प्रहरीमाथि सानो पत्थर प्रहार समेत गरेपनि साँझसम्म अबस्था समान्य भएको थियो । स्वतन्त्र मधेशको माग गरिरहेका राउतले नियन्त्रण मुक्तलत्ततै जलेश्वरको शंकरचोकमा सभा सम्बोधन गरेका छन् ।

उनले स्वतन्त्र मधेशको पक्षमा वकालत गर्दा प्रहरीले पक्राउ गरेकोमा कडा शब्दमा निन्दा गरे । राज्यद्रोहको मुद्दा खेपीरहेका राउनलाई अघिल्लो महिना मात्र विशेष अदालतले ५१ हजार धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।


  •  
  •  
  •