खुलामञ्चमा कार्यक्रम गर्न खोजेपछि सिके राउतका कार्यकर्ता पक्राउ

306
  •  
  •  
  •  

ckraut1काठमाडौं, १० मंसिर (ओएनएस) : विशेष अदालतमा ५० हजार धरौटी बुझाएर केहि दिनअघि मात्र जेलबाट रिहा भएका सीके राउतले काठमाडौंको खुलामञ्चमा कार्यक्रम गर्ने तयारी गरेपछि उनका कार्यकतालाई प्रहरीले पक्राउ गरेको छ ।

राउतले स्वतन्त्र मधेशको आन्दोलन गर्नको लागि कार्यक्रम गर्नको गर्न लागेका थिए । सार्क शिखर सम्मेलनको लागि काठमाडौंमा सुरक्षा ब्यवस्था कडा पारिएको बेला राउतका कार्यकता खुल्लामञ्च वरिपरिको क्षेत्रमा भेला भएका थिए ।

उनीहरुलाई कार्यक्रमको लागि भेला हुँदै गरेको बेला प्रहरीले नियन्त्रणमा लिएको थियो । पक्राउ परेका ५० भन्दा बढि मधेशीमूलका ब्यक्तिहरुलाई हनुमानढोकामा लगिएको छ । प्रहरीले निषेधित क्षेत्रमा प्रदर्शन गर्ने तयारी गरेको भन्दै पक्राउ गरेको पुष्टि गरेको छ ।


  •  
  •  
  •