सिके राउतलाई १० दिन थुनामा राख्न अदालतकाे अनुमति

108
  •  
  •  
  •  

काठमाडौं,२१ माघ (ओएनएस) : प्रहरीले सिके राउतलाई राज्यविरुद्धको संगठित अपराध अन्तर्गत मुद्दा चलाउने भएको छ ।

बिहीबार पक्राउ परेका राउतलाई प्रहरीले शुक्रबार जिल्ला अदालत सिराहमा उपस्थिति गराएको थियो । अदालतले रावतलाई १० दिन थुनामा राखेर अनुसन्धान गर्न म्याद थप गरेको इलाका प्रहरी कार्यालय लहानका डीएसपी राजकुमार केसीले जानकारी दिए ।

स्वतन्त्र मधेसको पक्षमा गतिविधि गर्दै आएका राउतविरुद्ध प्रहरीले राज्यविरुद्धको संगठित अपराध अन्तर्गत मुद्दा चलाउने तयारी गरेको छ ।


  •  
  •  
  •