स्वतन्त्र मधेश गठबन्धनको राष्ट्रिय परिषद बैठक जारी

भावि कार्यदिशाका बारेमा छलफल
314
  •  
  •  
  •  

सिरहा, ४ चैत(ओएनएस) : सिरहाको लहानमा स्वतन्त्र मधेश गठबन्धनको राष्ट्रिय परिषद बैठक आज पनि जारी छ ।

आइतबारबाट शुरु भएको बैठकबाट गठबन्धनलाई राजनीतिक दलमा परिणत गर्ने तयारी छ ।

आज भावि कार्यदिशाका बारेमा छलफल गरेर पार्टीको रुपमा जाने प्रस्ताव बैठकबाट अनुमोदन गर्ने तयारी गठबन्धनको छ । बैठकमा सहभागी हुनेलाई नागरिकता लिएर आउन आब्हान गरिएकाले गठबन्धनले पार्टी दर्ताको तयारी गरेको अनुमान गरिएको छ ।

आइतबारको बैठकले सरकारसँगको ११ बुँदे सहमतिलाई सही र सकारात्मक भएको भन्दै स्वागत र समर्थन गर्ने प्रस्ताव पारित गरेको थियो ।

बैठकमा तराईका २२ जिल्लाका २ सय परिषद सदस्यहरु सहभागी छन् । बैठकस्थलमा सुरक्षाकर्मी र पत्रकारलाई प्रवेश निषेध गरिएको छ ।


  •  
  •  
  •