स्वतन्त्र मधेस गठबन्धनको राष्ट्रिय बैठक शुरु

304
  •  
  •  
  •  

लहान, ३ चैत्र(ओएनएस) : आगामी रणनीति तय गर्न ‘स्वतन्त्र मधेस गठबन्धन’ को २ दिने राष्ट्रिय बैठक आजबाट लहानमा शुरु भएको छ ।

राष्ट्रिय अखण्डतामा कायम रहने सरकारसँग भएको सम्झौतापछि बैठक लहानको मारवाडी सेवासदनमा दिउँसो शुरु भएको हो ।

बैठकमा कसैलाई पनि प्रवेश दिइएको छैन । यसअघि चैत ४ र ५ गते हुने भनिएपनि बैठक आजदेखि नै सुरु हुने भएको हो ।

बैठकमा सरकारसँग भएको ११ बुँदे सम्झौताबारे छलफल हुने जनाइएको छ । बैठकमा गठबन्धनको केन्द्रीय तदर्थ समितिसहित तराईका सबै जिल्लाका जिल्ला संगठन संयोजक लगायतका नेताहरु सहभागी हुने गठबन्धनका केन्द्रीय सहजकर्ता चन्दन सिंहले जानकारी दिए ।

गठबन्धनको तदर्थ समिति संयोजकमा सीके राउत, सहसंयोजकमा कैलाश महतो, प्रवक्तामा अब्दुल खान, सहजकर्तामा चन्दन सिंह र दीपक साह सहभागि रहेका छन् ।


  •  
  •  
  •