आगामी रणनीति तय गर्न स्वतन्त्र मधेस गठबन्धनको बैठक आजदेखि

505
  •  
  •  
  •  

काठमाडौं, ३ चैत (ओएनएस) : आगामी रणनीति तय गर्न ‘स्वतन्त्र मधेस गठबन्धन’ को दुई दिने बैठक आजदेखि बस्दैछ ।

राष्ट्रिय अखण्डतामा कायम रहने सरकारसँग भएको बुँदे सम्झौतापछि आज बैठक बस्न लागेको हो ।
यसअघि चैत ४ र ५ गतेका राष्ट्रिय परिषद् बैठक हुने भनिएपनि बैठक आजदेखि नै शुरु हुने लागिएको बताइएको छ ।

बैठक सिराहाको लहानमा हुने गठबन्धनका संयोजक सीके राउतका सहयोगी सत्यनारायण मण्डलले जानकारी दिए ।
बैठकमा सरकारसँग भएको ११ बुँदे सम्झौताबारे छलफल हुनेछ ।

बैठकमा गठबन्धनको केन्द्रीय तदर्थ समितिसहित तराईका सबै जिल्लाका जिल्ला संगठन संयोजक लगायतका नेताहरु सहभागी हुने गठबन्धनका केन्द्रीय सहजकर्ता चन्दन सिंहले जानकारी दिए ।

गठबन्धनको तदर्थ समिति संयोजकमा सीके राउत, सहसंयोजकमा कैलाश महतो, प्रवक्तामा अब्दुल खान, सहजकर्तामा चन्दन सिंह र दीपक साह रहेका छन् । सरकारसँग ११ बुँदे सहमति भएपछि रणनीति अनुसार नै गठबन्धनका नेताहरू मौन रहेको सिंहले बताए ।


  •  
  •  
  •