सिके राउतले बोलाए स्वतन्त्र मधेश गठबन्धनको राष्ट्रिय परिषद् बैठक

भावी रणनीति तय गरिने
323
  •  
  •  
  •  

काठमाडौं, ३० फागुन(ओएनएस) : सीके राउत नेतृत्वको स्वतन्त्र मधेश गठबन्धनको राष्ट्रिय परिषद् बैठक बस्ने भएको छ ।

गत शुक्रबार मात्रै सरकारसँग ११ बुँदे राजनीतिक सहमति गरी मूलधारको राजनीतिमा फर्किएका राउतले यही चैत ४ र ५ गते गठबन्धनको राष्ट्रिय परिषद् बैठक बोलाएका हुन् ।

उनले बिहीबार ट्विट गर्दै सो कुरा जनाएका हुन् । उनका अनुसार बैठक जनकपुरमा हुनेछ । सरकारसँग सहमति भएपछि पनि स्वतन्त्र मधेसको नारा उनका कार्यकर्ताले लगाएको भन्दै सर्वत्र आलोचना भइरहेकै बेला राउतले आफ्नो संगठनको बैठक बोलाएका हुन् ।

राष्ट्रिय परिषद् बैठकमा सामेल हुने सबै पार्टी सदस्यलाई चैत ४ गते सोमबार बिहान ७ बजे भित्रै कार्यक्रम स्थलमा आउन सूचित गरिएको छ ।

सरकारसँग सहमति गरेको दोस्रो दिनमै गृहनगर जनकपुर पुगेका राउतको गठबन्धनका नेताकार्यकर्ताले भव्य स्वागत गरेका थिए ।
सो क्रममा पुरानै शैलिमा ‘स्वतन्त्र मधेश’ लेखिएका ब्यानर तथा नारा गुञ्जिएको भन्दै राउतले सरकारलाई झुक्याएको र पुरानै अवस्थामा रहेको भनि टिप्पणी हुन थालेको छ ।

गठबन्धनको राष्ट्रिय परिषद् बैठकले सरकारको सहमतिलाई कसरी अथ्र्याउनेछ र भावी कार्यदिशा कस्तो बनाउनेछ भन्नेमा सबैको चासोको विषय बनेको छ ।


  •  
  •  
  •