सभिल बैंक लिमिटेडद्वारा जाजरकोटमा शाखा विस्तार

351
  •  
  •  
  •  

जाजरकोट, २५ चैत(ओएनएस): सिभिल बैंक लिमिटेडले जाजरकोटको शिवालय गाउँपालिकामा नयाँ शाखा विस्तार गरेको छ ।


शाखाको एक समारोहकाबीच कर्णालीप्रदेश सभा सदस्य करबीर शाहीले उद्घाटन गरेका छन् । कार्यक्रमका प्रमुख अतिथि शाहीले नेपालको कूल ४०५ जनताले मात्र बैकिंग गर्ने र सो ४०५ भित्रको ४२५ ले मात्र ऋण सुविधाको उपभोग गर्ने गरेको बताए ।

बैंकको उपस्थितिविना संघीय नेपालको समृद्धि हुन नसक्ने भन्दै उनले ग्रामीण भेगमा बैंकको शाखा विस्तार हुँदा बित्तिय साक्षरताको अभिबृद्धी हुने उल्लेख गरे ।

गाँउपालिकाका अध्यक्ष नरेन्द्र कुमार शाहीले स्थानीयतहमा बैंकको आवश्कता महसुस गरेर सिभिल बैंकले आफ्नो शाखा जाजरकोटको शिवालय गाउँपालिकामा स्थापना गरेकोमा धन्यवाद व्यक्त गरेका थिए ।

सिभिल बैंकका प्रमुख माईक्रो बैकिंग यूवराज गुरागाईंले ग्रामीण भेगको आर्थिक विकासको लागि बैंक अपरिहार्य रहेको बताए ।

उनले सिभिल बैंकले आफ्ना ग्राहकवर्ग तथा अन्य सम्पूर्ण सरोकारवालाहरुका हितलाई ध्यानमा राखी बचत परिचालनका योजनाहरु ल्याउने र स्थानीय अर्थतन्त्रको विकासका लागि उत्पादनमुलक क्षेत्रको लगानीमा जोड दिने बताए ।

सिभिल बैंकले हाल सम्म करीब ३००,००० ग्राहकहरु रहेका छ । करीब रु.४४ अर्व निक्षेप परिचालन गरी करीब रु.४४ अर्व कर्जा लगानी गरेको छ । शिवालय शाखासहित यस बैंकको कुलशाखा संख्या ७४पुगेकोे बैंकले जनाएको छ ।


  •  
  •  
  •