४० लाख हिनामिना गरेको आरोपमा सिभिल बैंकका एक कर्मचारी पक्राउ

324
  •  
  •  
  •  

काठमाडौं,२४ पुस (ओएनएस): ४० लाख हिनामिना गरेको आरोपमा सिभिल बैंकका एक कर्मचारी पक्राउ परेका छन् ।

सिभिल बैंक बौद्ध शाखामा कार्यरत महेश्वर डंगाल पक्राउ परेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ।

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट डंगोलले इन्टरनेट बैंकिङमार्फत उक्त रकम आफ्नो खातामा जम्मा लगाएको खुलेको छ ।
डंगोलले इन्टरनेट बैंकिङमार्फत रकम अनाधिकृत रुपमा आफ्नो खातामा जम्मा गरेका हुन्।

उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेको छ।

सिआईबी स्रोतका अुनसार बैंककै जाहेरीका आधारमा उनी पक्राउ परेका हुन्।

४० लाख रुपैयाँ गायब भएपछि बैंकले अनुसन्धानका लागि सिआईबीमा उजुरी दिएको थियो।

पक्राउ परेका डंगोललाई प्रहरीले बैंकिङ कसुर मुद्दामा कारबाही अघि बढाउनुका साथै उनको नाममा रहेको बैंकको खाता पनि रोक्का गरिएको छ।


  •  
  •  
  •