सिटी को ‘पैसा हात हातमा उपहार आठ आठमा’ योजना

278
  •  
  •  
  •  

काठमाडौं २८ (ओएनएस) । सिटी मनी एक्स्प्रेसले ‘पैसा हात हातमा उपहार आठ आठमा’ उपहार योजना सञ्चालनमा ल्याएको छ । यस योजना अन्तर्गत प्रत्येक दिन आठ जना सेवाग्राहीले ‘विण्ड प्रुफ ज्याकेट’ प्राप्त गर्ने छन् ।

त्यस्तै प्रत्येक आठ दिनमा एकजनालाई स्मार्ट फोन र प्रत्येक महिनाको ८ गते एकजनालाई सुनको सिक्री र चौथो महिनाको ८ गते वम्पर उपहार स्वरुप १५० सीसीको मोटरसाइकल प्रदान गरिने सिटी मनि एक्स्प्रेसले जानकारी दिएको छ ।

यी सवै उपहार सेवाग्राहीहरुले लक्की ड्र मार्फत प्राप्त गर्न सक्नेछन् । उपहार योजनमा सहभागि हुनका लागि सिटी एक्स्प्रेस मनि टान्सफरबाट पैसा पठाउन पर्ने बताइएको छ । योजना गत शुक्रवार देखि ३ महिनासम्म लागु हुने छ । कम्पनीले आफ्नो सातौ बार्षिकोत्सवको अवसर पारी योजना सञ्चालनमा ल्याएको हो ।


  •  
  •  
  •