विराटनगरमा सिटी रिक्सा व्यस्थापन गर्न मुस्किल

279
  •  
  •  
  •  

CITy Rikshawविराटनगर, १ बैसाख (ओएनएस) : गत वर्षदेखि विराटनगरमा भित्रिएको सिटी रिक्सा व्यवस्थित गर्न मुस्किल परेको छ । सिटी रिक्सा सञ्चालनका लागि ‘सी ग्रेड’को लाइसेन्स आवश्यक भएपनि यातायता व्यावस्था विभागले लाइसेन्स वितरणको लागि आवेदन नखुलाउदा व्यवस्थित गर्न मुस्किल भएको हो ।

सञ्चालनका लागि यातायात व्यावस्था विभागमा दर्ता हुनुपर्ने भएपनि विराटनगरमा सञ्चालित अधिकांश सिटी रिक्सा विराटनगर उपमहानगरपालिका र आसपासका गाविसमा दर्ता भएर सञ्चालित छन् । रिक्साको यातायात व्यावस्था विभाग र ट्राफिक प्रहरीमा तथ्याङक नै छैन् । डिलरहरुले आफुअनुकुल रिक्सा विक्री गर्दा यसको तथ्याङक संकलन गर्न कठिनाई भएको हो ।

सरकारले वास्ता नगरेपछि तीन पाङग्रे सवारी साधन सिटी रिक्सा सञ्चालनका लागि चालकलाई परिचय पत्र वितरण गर्न चालक संघ सक्रिय भएको छ । चालकहरुको छाता संगठन नेपाल सिटी रिक्सा सफारी चालक युनियनले चालकलाई परिचय पत्र वितरण गर्न सुरु गरेको हो ।

रिक्सा सञ्चालनमा सरकारले लाइसेन्स आवेदन नखुलाएसम्म संघले चालकलाई परिचयपत्र वितरण गर्न लागेको हो । सिटी सवारी व्यावस्थापन कार्यक्रममा युनियनका राजेश सापकोटले भने ‘ युनियनले जारी गरेको परिचयपत्र चालक र ट्राफिक प्रहरीस“ग रहन्छ । जसले सिटी सफारीको तथ्याङक व्यावस्थित गर्न मद्दत पुग्छ ।’

युनियनले जारी गरेको परिचयपत्र ट्राफिक प्रहरी र चालकले राख्दा दुर्घटना भैहाले छानविन गर्न सजिलो हुने उनको भनाई छ । उनले विराटनगरमा सञ्चालित सिटी सफारी अधिकांश विमा नगरि सञ्चालनमा रहेको बताए ।

यता युनियनले वितरण गर्ने परिचयपत्र महङगो भएको चालकहरुले गुनासो गरेका छन् । युनियनले परिचय पत्र बनाएबापत एहजार दुईसय रुपैया लिदै आएको छ । परिचयपत्रका नाममा चालकबाट बढि रकम उठाएको भन्दै चाकलले विरोध जनाएका हुन् ।

युनियनका मोरङ जिल्ला कोषाध्यक्ष होमनाथ धमलाले परिचयपत्रको नाममा बढि रकम असुल गरिएको गुनासो गरे । उनका अनुसार एक चालकलाई परिचयपत्र दिदा लेवी बापत ३ सय ५०, नाम दर्ता बापत ३ सय, जिफन्ट खर्च ६०, कार्ड सुल्क २ सय, गाडी भाडा बापत एकसय ५० र छलफल खर्च बापत दुई सय असुल गरिदै आएको बताए ।

युनियनले वितरण गरेको परिचयपत्रलाई मान्यता नदिने प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरिक्षक तारणीप्रसाद लम्सालले युनियनले वितरण गरेको परिचय पत्र आधिकारिक नहुने बताए । पटक–पटक रिक्सा चालकहरुलाई लाइसेन्स र विमाका लागि आफुले सचेत गराएको भन्दै उनले सवारी दुर्घटनामा कसैको मृत्युभए चालकलाई ज्यान मुद्दामा कारवाही गर्ने बताए ।


  •  
  •  
  •