सार्कका लागि सजियो सभागृह (फोटोफिचर)

384
  •  
  •  
  •  

काठमाडौं, २ मंसिर  (ओएनएस) : आगामी मंसिर १० र ११ मा हुने १८ औं सार्क शिखर सम्मेलन नजिकिदै गर्दा आयोजना गरिने मुख्य स्थल राष्ट्रिय सभागृहको स्वरुप फेरिएको छ । सार्कको मुख्य केन्द्रबिन्दु सभागृह बेहुली जस्तै चिटिक्क सिंगारिएको छ ।  सभागृहमा सार्कको उद्घाटन सत्र र समापन हुनेछ । सभागृहका सबै कुर्सी र अन्य फर्निचर फेरिएका छन् । रंगरोगन, मर्मतसम्भार र सरसफाइका काम सकिएको छ । यस्तै विद्युत लाइन मर्मत, एसि, सिसि क्यामेरा, टिभि जडान भैसकेका छन् ।  नयाँ जेनेरेटर जडान गरिएका छन् भने शौचालय निर्माण गरिनुका साथै नयाँ होल्डिङ रुम बनाइएको छ । होल्डीङ रुममा सहभागी हुने आथितिहरु केहि बेर आराम गरेर मुख्य हलमा छिर्नेछन् ।  उद्घाटन सत्रमा राखिने ब्यानर लेख्ने काम पनि सकिएको छ । सार्क राष्ट्र प्रमुखको तस्विर र झन्डा अंकीत ब्यानर सिंहदरबारको पश्चिम गेट अघि राखिने भएको छ ।  मर्मतको काम लगभग सकिएपछि स्थानिय विकासमन्त्रि प्रकासमान सिंहले मंगलबार अवलोकन गरेका थिए । उनले मर्मतपछि मर्मतको काम सन्तोषजनक पाइएको बताए ।

CITY Hall (11)


CITY Hall (12)

CITY Hall (7)

CITY Hall (5) CITY Hall (4) CITY Hall (8)
CITY Hall (15)
CITY Hall (14)

 

 

 


  •  
  •  
  •