पैसा हातहातमा उपहार योजनामा थरुनीले पाइन मोटरसाइकल

218
  •  
  •  
  •  

cityकाठमाडौं २२ कात्तिक (ओएनएस) : सिटी एक्सप्रेस मनी ट्रान्सफरको ‘पैसा हातहातमा उपहार आठआठमा’ उपहार योजनामा सुनसरीकी सिभी थरुनीले १ सय ५० सिसीको मोटरसाइकल प्राप्त गरेकी छिन् ।

उनले सिटीको बम्पर उपहार स्वरुप उक्त पुरस्कार प्राप्त गरेकी हुन् । पैसा भुक्तानी लिँदा प्रयोग गरिने कोड नम्वरलाई लक्की ड्र गरी विजेता बनेका हुन् ।
10807158_919188904775992_1210241503_nयोजना अन्तर्गत तनहँकी पूर्णकुमारी खाँड,धनुषाकी  सेलदेवी साहु र धादिङकी सिता आलेमगरले सुनको सिक्री प्राप्त गरेका थिए । त्यस्तै हालसम्म ११ जनाले स्मार्टफोन प्राप्त गरेको कम्पनीले जानकारी दिएको छ ।

७ सय २० जना भाग्यशाली विजेताले विन्ड प्रुफ ज्याकेट प्राप्त गरिसकेको सिटी एक्सप्रेस मनी ट्रान्सफर प्रालीका प्रवन्ध निर्देशक चन्द्र टण्डनले बताए ।

गत असार २७ गतेदेखि सञ्चालनमा आएके सो योजना ३ महिनासम्म चलेको थियो ।


  •  
  •  
  •