गैरआवासीय नेपालीलाई नागरिकता

197
  •  
  •  
  •  

काठमाडौं, ९ असोज (ओएनएस) : नयाँ संविधानमा गैरआवासीय नेपालीलाई नागरिकता दिन व्यवस्था गर्न प्रस्ताव गरिएको छ । संवैधानिक राजनीतक संवाद तथा सहमति समिति अन्र्तगत गठिन विवाद समाधान उपसमितिले विभिन्न देशमा रहेका गैरआवासीय नेपालीलाई सांस्कृति, समाजिक तथा आर्थिक अधिकारसहित नागरिकता दिन प्रस्ताव गरेको छ ।

‘राजनीतिक अधिकारबाहेक सबै अधिकार दिएर नागरिता दिन प्रस्ताव गरिएको छ, उपसमितिका सदस्य रामकुमार राईले ओएनएससँग भने,‘ अघिल्लो संविधानसभाले गरेको सहमतिलाई नै यो उपसमितिले सहमति गर्न प्रस्ताव गरिएको छ ।’  गैरआवासीय नेपालीहरुले आफूहरुलाई दोहोरो नागरिकता दिन सरकारसँग माग गर्दै आएका थिए ।

अघिल्लो संविधानसभा अन्र्तगत गठिन एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको विवाद समाधान उपसमितिले  गैरआवासीय नेपालीलाई राजनीतिक अधिकारबाहेकका अधिकारसहित नागरिकता दिने विषयमा सहमति गरेको थियो । सोही सहमतिलाई संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिअन्र्तगत लक्ष्मणलाल कर्ण नेतृत्वको विवाद समाधान उपसमितिले जस्ताको त्यस्तै ड्राफ गरेको हो ।

गैरआवासीय नेपालीलाई नागरिकता दिने भएपछि बृटिश आर्मीमा गएका नेपालीलाई पनि सोही प्रकुतिको नागरिकता दिनुपर्ने भन्दै साना दलले माग गरेका छन् । ‘गैरआवासीय नेपाली स्वेच्छाले विदेश भएका हुन, उपसमिति सदस्य खुम्बुले भने,‘तर, सरकारले नै पठाएको बृटिश गोरखामा भर्ना भएका नेपालीलाई पनि नागरिकता दिनुपर्छ ।’


  •  
  •  
  •