काठमाडौं १५ चैत । जम्मा चार कक्षा उत्तीर्ण उनको पद कार्यालय सहयोगी हो । पदअनुसार उनको जिम्मेवारी फाँटमा बसेका काम गर्ने होइन, फाइल ओसारपसारजस्ता काममा सघाउनु हो । तर, जिल्ला प्रशासन कार्यालय, बझाङको नागरिता फाँट १४ वर्षयता उनी एक्लैको काँधमा रहेको छ । उनी अर्थात् चन्द्रबहादुर ओली । हरेक दिन कार्यालय पुगेपछि नागष्रिकता फाँटमै समय विताउने उनी सेवाग्राहीसँग मिजासिलो व्यवहार गर्छन् । नागरिकता दिलाउने प्रक्रिया के हो, सम्बन्धित फाइल कहाँ छन्, उनलाई कुनै द्विविधा छैन ।
सेवाग्राहीमध्ये प्रायः सनलाई फाँटवाला नै ठान्छन् । दरबन्दी अनुसार कर्मचारी नखटाइँदा जिल्ला प्रशासन कार्यालय बझाङको नागरिकता फाँट १४ वर्षयता पियनका भरमा चलिरहेको छ । ओलीले सकेजति भरथेग गरिरहे पनि दरबन्दीअनुसार फँटवाला कर्मचारी नहुँदा विभिन्न झमेला झेल्नु परेको सेवाग्राहीको गुनासो छ ।
नागरिकबाट