नागरिकताका लागि पाँच बर्ष

152
  •  
  •  
  •  

citizenकाठमाडौं १७ माघ ।
बुवाआमा दुवै नेपाली नागरिक हुन्। तर बुवा मनीष शर्माको नागरिकता नबनाउँदै ७ वर्षअघि मृत्यु भयो। आमा विजयलक्ष्मीले बिहेअघि नै वंशजको नाताबाट नागरिकता लिएकी थिइन्। बिहेअघिको नागरिकतामा पतिको नाम हुने कुरै भएन। तर बाँके प्रशासन कार्यालयले आमाको नामबाट मात्रै नागरिकता दिन नमानेपछि वागेश्वरी-२ की २२ वर्षीया वर्षा शर्मालाई ठूलो फसाद पर्‍यो। पाँच वर्षको हैरानीपछि पुनरावेदन अदालत नेपालगन्जले बुधबार बल्ल उनलाई राहत दियो। अदालतले आमाको नामबाटै नागरिकता दिन परमादेश गरेपछि अहिले भने उनी निश्चिन्त छिन्।

नागरिकता नहुँदा कलेजमा नाम लेखाउन, जागिर माग्न र लोकसेवाको परीक्षा तयारी गर्न नपाएको वषर्ाले बताइन्। ‘नागरिकता नहुँदाको पीडा

निकै कठिन हुँदो रहेछ। पढ्न, पढाउन र कुनै काम गर्नसमेत पाइँदैन रहेछ,’ ५ वर्ष लामो संघर्षपछि नागरिकता पाउन लागेकी वषर्ाले भनिन्, ‘अदालतले मेरो पक्षमा निर्णय सुनाएपछि मजस्ता धेरै युवाका लागि बाटो खुलेको छ। अब छिट्टै नागरिकता बनाएर रोकिएका सबै काम अगाडि बढाउँछु।’

बुवाको मृत्युपछि वषर्ाले नागरिकताका लागि वागेश्वरी गाविसको सिफारिस लिई स्थानीय प्रशासन धाउँदै आएकी थिइन्। नागरिकता नबनाउँदै बुवाको मृत्यु भएका कारण प्रशासनले उनलाई नागरिकता दिन मानेको थिए। बुवाको नागरिकता नभएसम्म बनाउन नमिल्ने भन्दै पटक-पटक फिर्ता गरिदिएको थियो। माइतीबाट आमाले बनाएको नागरिकता देखाउँदा पनि प्रशासनले नमानेपछि उनी ठूलो तनावमा परेकी थिइन्। त्यसपछि वकिलहरूसँगको सहयोगमा गत असारमा पुनरावेदन अदालतको ढोका घच्घच्याउन पुगेकी थिइन्।

विजयलक्ष्मीले बिहेअघि माइतीबाटै वंशजका आधारमा लिएको नागरिकतालाई आधार मान्दै अदालतले परमादेश गरेको हो । कानुनी प्रक्रियाबाटै नागरिकता लिने बाटो खुलेपछि अहिले भने उनी दंग छिन्। अदालतको यो आदेशले उनीजस्तै बुवाको नागरिकता नहुनेहरूलाई आमाकै नामबाट नागरिकता लिने बाटो खुलेको छ।
कान्तिपुरबाट


  •  
  •  
  •