काठमाडौ, ७ पुस (ओएनएस) : नागरिक लगानी कोष र जलविद्युत् लगानी तथा विकास कम्पनी लिमिटेड बिच २ अर्ब रुपैयाको २ करोड कित्ता सेयर निस्काशन सम्झौता भएको छ ।
सेयर निस्काशन तथा बिक्री प्रबन्धकमा कोष रहेको छ । कोषले १ अर्ब रुपैया बरावरको १ करोड कित्ता सेयरको प्रत्याभुति गरेको छ ।
सेयर निस्काशन सम्झौतामा कोषका कार्यकारी निर्देशक रामकृष्ण पोखरेल र कम्पनीका प्रमुख कार्यकारी अधिकृत दिपक रौनियारले हस्ताक्षर गरेका छन । यस्को निस्कासन जतिसक्दो चाँडो नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त हुनासाथ गरिने छ ।
यसरी नै माथिल्लो तामाकोशी जलविद्युत् कम्पनी लिमिटेडको निस्काशन तथा बिक्री प्रबन्धकमा कोष नै रहेको छ ।
तामाकोशीको ३ अर्ब ६० करोड ६ लाख रुपैया बराबरको ३ करोड ६० लाख ६ हजार कित्ता सेयर निस्काशनको लागि बोर्डमा स्विकृतको प्रक्रियामा रहेको छ । बोर्डबाट स्विकृत हुनासाथ दुवैको गरी ५ अर्ब ६० करोड रुपैयाँको पँुजी परिचालनले जलविद्युत् क्षेत्रमा उल्लेख्य प्रगती हुन सक्ने विश्वास लिएको छ ।