अब रातमा कण्डम र सिगरेट पनि घरमै

107
  •  
  •  
  •  

तपाईलाई रातको समयमा खानासँगै सिगरेट देखि कण्डम चाहिएको छ त्यसो हो भने चिन्ता नलिनुहोस् । अब यस्ता कम्पनीले तपाईको घरमै पुर्‍याइदिने व्यवस्था गर्दैछन् ।

भारतमा रातिको समयमा काम गर्नेहरुले खानपिनका साथै अन्य सामग्रीहरुको खरिद गर्न समस्या भोग्दै आएका थिए । तर केही होम डेलिभरी सर्भिस भएका कम्पनीहरुले अब कसैले पनि चिप्स अथपा चाउचाउको भरमा रात बिताउन नपर्ने बताएका छन् ।

होम डेलिभरी गर्ने कम्पनी ‘बैटमेन डेलिभरी’ का मार्केटिङ प्रमुख राघव नेगीले पहिले भन्दा अहिले समय बदलिएको भन्दै पहिले १०–११ बजेसम्म काम गर्नेहरु अहिले रातभर काम गर्न थालेको भन्दै उनीहरुको सुविधाका लागि सबै प्रकारका सामनको होम डेलिभरीको व्यवस्था गर्न लागेको बताएका छन् ।

रातको समयमा पसलहरु बन्द भएपछि पनि केही सामानको आवश्यकता पर्न सक्ने भन्दै उनले कम्पनीले अब प्लम्बर, इलेक्ट्रिसियन, ड्राइभर राखेर राती ७ बजेदेखि बिहान ५ बजेसम्म सेवा सुरु गर्ने बताएका छन् ।

‘लेट नाइट’ कम्पनीका मालिक शलिन मिश्राले राति ९ बजेदेखि बिहान ४ बजेसम्म कम्पनीले २९९ देखि ५०० रुपैयासम्ममा चामल, रोटी, चाउचाउ, पनीर, चिकन, चिसो पेय पदार्थ, चकलेट, सिगरेट र रातको समयमा जोडीका लागि अस्थायी साधन समेत डेलिभरी गर्ने बताएका छन् ।

एजेन्सीको सहयोगमा

 


  •  
  •  
  •