१ खिल्ली चुरोट बेच्दा १० हजार जरिवाना

161
  •  
  •  
  •  

cigaretteकाठमाडौ, १ माघ : सरकारले सुर्तीजन्य पदार्थको फुटकर बिक्रीमा पूर्ण रुपमा रोक लगाउने निर्णय गरेकोछ । अब कुनै व्यापारीले चुरोट, बिँडी, तथा सिगारजस्ता सुर्तीजन्य पदार्थ खिल्लीमा बिक्री गरेमा १० हजार रुपैयाँ जरिवाना तिर्नुपर्नेछ ।

सुर्तीजन्य पदार्थको प्रयोग निरुत्साहित तथा नियन्त्रण गर्न जरिवानासहितको ‘सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन निर्देशिका ०७१’ मंगलबार जारी भएको हो । स्वास्य मन्त्रीस्तरीयनिर्णयबाट सुर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने ) ऐन, ०६८ र नियमावलीमा भएका अस्पष्टता हटाउन निर्देशिका जारी भएको मन्त्रालयले जनाएको छ ।

निर्देशिका जारी भएसँगै सुर्तीजन्य पदार्थको प्रयोग निरुत्साहित तथा नियन्त्रण गर्न बनेका ऐन तथा नियमावलीमा भएको व्यवस्था प्रभावकारी कार्यान्वयन गर्न बाटो खुलेको छ ।

अब इलेक्ट्रोनिक सिगरेटको उत्पादन, आयात, बिक्री-वितरण र विज्ञापन गर्न पाइनेछैन् । त्यस्तै करमुक्त पसलबाट चुरोट, सुर्ती, गुट्खाजस्ता सुर्तीजन्य पदार्थ बिक्री वितरण गर्न पाइनेछैन् । नयाँ पत्रिकाबाट


  •  
  •  
  •