यती एयरलाइन्सका कर्मचारीमाथि मानव बेचबिखन मुद्दा

262
  •  
  •  
  •  

काठमाडौं, १६ चैत (ओएनएस) : क्यानाडा पठाइदिन्छु भन्दै दिल्ली पुर्‍याएर अलपत्र बनाएको आरोपमा यती एयरलाइन्सका कर्मचारी पक्राउ परेका छन्। बारा घर भई विगत ९ वर्षदेखि यती एयरलाइन्सको प्रशासन विभागमा काम गर्ने सिंह प्रताप बस्नेत पक्राउ परेका हुन्।

मानव बेचबिखन तथा ओसारपसार मुद्दामा प्रहरीले उनीमाथि कारबाही अघि बढाएको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सिआईबी)द्धारा खटिएकाे प्रहरी टाेलीले सिंहलाई बिहिबार पक्राउ गरेको हो।

सिंहले मल्टिपल भिसामा क्यानाडामा राम्राे काममा लगाइदिने भन्दै विभन्न ब्यक्तिबाट पैसा लिएर दिल्लीमा अलपत्र छाेडेर अाएकाे भनेर पीडितले उजुरी दिएपछि साेहि उजुरीकाे अाधारमा उनलार्इ पक्राउ गरिएकाे सिआईबीका प्रवक्ता एसपी जीवनकुमार श्रेष्ठले बताए। कतिपयलाई यती एयरलाइन्सको कार्ड समेत अवैध रुपमा उनले बनाइदिएको खुलेको छ।


  •  
  •  
  •