अधिकृतसहित मालपोतमा ७ कर्मचारी विरुद्व मद्दा

235
  •  
  •  
  •  

काठमाडौं, १४ कात्तिक (ओएनएस) : मालपोत कार्यालय  ललितपुरका ७ कर्मचारी  विरुद्व विशेष अदालतमा मुद्दा दायर भएको छ ।
उनीहरुविरुद्व सरकारी जग्गा वितरण गर्ने अधिकार नै नभएको तत्कालीन नगर पञ्चायतको सभा घर बनाउनको लागि उपलब्ध गराइ भ्रष्टाचार  गरेको आरोप लागेको थियो ।

उनीहरुले सभा घर बनाउन ललितपुर उप महानगरपालिका—३ (ङ) अन्तर्गतको १३ आना ३ दाम क्षेत्रफलको कित्ता नम्बर ८८२ को सो जग्गा उपलब्ध गराएको अख्तियार अनुसन्धान आयोगले जानकारी दिएको छ ।

अख्तियारले ललितपुरका तत्कालिन प्रमुख मालपोत अधिकृत हरि बखती, उपसचिव पद्मनीधि सोती, नायब सुब्बा रामप्रसाद भुषाल, नायब सुब्बा बिमल ढकाल, नायब सुब्बा कृष्ण कुमार केसी, नायब सुब्बा सूर्यप्रसाद कोइराला र तत्कालीन नापि कार्यालय ललितपुरका नापी अधिकृत भरत सिं ऐर  विरुद्व मुद्वा चलाएको हो ।

आयोगले उनीहरुविरुद्व ६६ लाख रुपैयाँ बिगो माग गरेको छ ।


  •  
  •  
  •