संसदको लेखा समितिले लोकमानलाई बोलाउने

149
  •  
  •  
  •  

काठमाडौं, १८ कात्तिक (ओएनएस): संसदको सार्वजनिक लेखा समितिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्कीलाई बोलाउने भएको छ ।

समितिको मंगलबार बसेको बैठकले उनलाई बोलाउने निणर्य गरेको हो । सभासद्हरुले अख्तियारले क्षेत्राधिकार मिचेर निर्देशन दिन थालेको भन्दै अख्तियारलाई बोलाउनु पर्ने माग गरेका थिए ।

 

समितिमा सोमबार राजधानीको पुरानो बसपार्कमा निर्माण गर्ने भनिएको काठमाडौँ टावरका विषयमा छलफल भएको थियो ।

डिटेल इन्जिनियरिङ रिपोर्ट नै तयार नगरेको कम्पनीलाई ठेक्का दिनु उचित भएको भन्दै अख्तियारले दिएको निर्देशनको विरोध गरेका थिए  ।

अख्तियारले निर्माणको सम्झौता तयारी भएको जलेश्वर स्वच्छन्द जेभीलाई निर्माण प्रक्रिया अगाडी बढाउन निर्देशन दिएको थियो ।


  •  
  •  
  •