काठमाडौं, १७ कात्तिक (ओएनएस) : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनियमितताको आरोपमा पक्राउ परेका स्वास्थ्य सेवा विभाग,वाल स्वास्थ्य महाशाखा टेकूका निर्देशकसहित १२ जनाविरुद्व विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
उनीहरु खोप कार्यक्रम सुद्वढीकरण गर्ने उद्देश्यले नेपाल सरकार,युनिसेप,डब्लुएचओलगायतले उपलब्ध गराएको रकम विभिन्न कार्यक्रम गरेको भन्दै नभएको कार्यक्रमको पनि खर्च जोडेर दुरुपयोग गरेको अभियोगमा पक्राउ परेका थिए ।
सो कार्यमा संलग्न निर्देशक डा। श्यामराज उप्रेती,लेखा अधिकृत दिपकप्रसाद तिमिल्सिना, जन स्वास्थ्य अधिकृत ठाकुर बस्नेत बरिष्ठ जनस्वास्थ्य अधिकृत लिला बिक्रम थापा, खोप सुपरभाइजर अधिकृत प्रेम कुमार श्रेष्ठ, सुपरभाइजर अधिकृत शम्भु बाबु तिवारी, सुपरभाइजर अधिकृत शंकर प्रसाद आचार्य,जनस्वास्थ्य अधिकृत शंकरदेव जोशी , बरिष्ठ जनस्वास्थ्य अधिकृत दिपकराज चौंलागाई, शाखा अधिकृत डिक बहादुर विष्ट, शाखा अधिकृत हरि प्रसाद अधिकारी र जनस्वास्थ्य निरिक्षक महेन्द्र प्रकाश शर्मा विरुद्व मुद्दा दायर भएको हो ।
आयोगले उनीहरुसँग १ करोड १२ लाख ८३ हजार विगो दावी गरेको छ ।
उनीहरुविरुद्व कार्यक्रमको नाममा खर्च भएको भन्दै उडान नै नगरी हवाइ सेवा प्रयोग गरेको भनि नक्कली ई९टिकेट पेश गरेको, फोटोकपी मेशीन नै नभएको पुस्तक पसलमा फोटोकपीको बिल पेश गरेको, हलमा कार्यक्रम नगरी हल भाडामा लिएको, स्टेशनरी तथा होटलबाट सामान तथा सेवा खरीद नगरी खरीद गरेको, सरकारी गाडी कार्यक्रममा प्रयोग गरेको भनि पेट्रोल समेतको झुठा बिलहरू पेश गरेको आरोप लागेको छ ।
पेश्की फर्छर्यौटका लागि खाली बिलहरु समेत पेश गरी विभिन्न कार्यक्रमका नाममा करोडौं रकम दुरुपयोग गरेको खुलासा भएको आयोगले जानकारी दिएको छ ।
साथै उक्त कार्यमा संलग्नता देखिएका तत्कालिन निर्देशक डा। तारा नाथ पोख्रेल र तत्कालिन लेखा अधिकृत ९हाल सम्पत्ति सुद्धिकरण अनुसन्धान विभागका निर्देशक० तेज प्रकाश प्रसाईं हाल फरार रहेकोले खोजि कार्य भैरहेको आयोगले जानकारी दिएको छ ।
Comments are closed.