नेवानीका कामु निर्देशक पहाडी विरुद्व मुद्दा

209
  •  
  •  
  •  

काठमाडौं २३ कात्तिक (ओएनएस) : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल बायुसेवा निगमका कामु निर्देशक अच्युतराज पहाडी विरुद्व आर्थिक अनियमितताको आरोपमा मुद्दा दायर गर्ने भएको छ ।

भन्डारमा टायरहरु हँदाहुँदै आवश्यकता भन्दा बढी टायर बजार मूल्य भन्दा बढीमा खरिद गरेर निगमलाई व्यवयभार पारेको भन्दै आयोगले पक्राउ गरेको थियो ।
उनिविरुद्व निगमका बि७५७ जहाजहरुलाई भूमिस्थको अबस्था देखाई खरीद प्रकृया समेत पुरा नगरी कानुन बिपरित प्रति टायर अमेरिकी डलर ७ सय ८० पर्ने मेन टायरलाइ १ हजार ४ सय ७५ र प्रति टायर ५ सय ७५ पर्ने नोज टायरलाई १ हजार १० डलरमो खरीद गरेको आरोप छ।

त्यस्तै खरीद गरिएका टायरहरु निगमको आफ्नै उडानबाट ढुवानी नगरि कमिसन खाएको आयोगले बताएको छ । उनलाई भ्रष्टाचार निबारण ऐन २०५९को दफा १७ बमोजिम बिगो असुल उपर गरी दफा ३ (१) तथा ३ (१) (च) बमोजिम हदैसम्मको सजायको मागदाबी लिई आइतवार विशेष अदालतमा मुद्दा दायर गर्ने अख्तियारले जानकारी दिएको छ ।


  •  
  •  
  •