प्रहरी नायव निरीक्षक शर्मा र नेपाल विरुद्व मुद्दा

173
  •  
  •  
  •  

काठमाडौं, २५ कात्तिक (ओएनएस): पुर्व क्षेत्रीय प्रहरी तालिम केन्द्र रानी विराटनगरका प्रहरी नायवनिरीक्षक विपेन्द्रकुमार शर्माले बढुवा प्रायोजनका लागि नक्कली प्रमाणपत्र देखाएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले  मुद्दा दायर गरेको छ ।
उनले पेश गरेको बिहार बिद्यालय परीक्षा समिति, पटना भारत अन्तर्गतबाट सन् १९९६ मा माध्यमिक तह उत्तिर्ण गरेको भनिएको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली देखिन आएके हो ।
उनि विरुद्व साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र २९ तथा प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ (१) बमोजिम सजाय र माग दावी सहित विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

यसैविच, आयोगले ईलाका प्रहरी कार्यालय, कुमरखोद, झापाका प्रनानि विनोदकुमार विरुद्व विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

लागु औषध सहित पक्राउ परेका २ जना अभियुक्तहरुबाट आर्थिक लाभ लिई बिना कुनै कारवाही छाडेको भन्दै मुद्दा दायर गरिएको हो नेपालले लागू औषध अभियुक्त पशुपति राजवंशी र ओम राजवंशी सँग १५ हजार घुस लिई छाडेर भ्रष्टाचार गरेको पेष्टी हुन आएके अख्तियारले जानकारी दिएको छ ।

 

 


  •  
  •  
  •