काठमाडौं, १९ कात्तिक (ओएनएस) : शैक्षिक योग्यता नक्कली भएको भन्दै नेपाल वायु सेवा निगममा कार्यरत क्याप्टेन दिपेन्द्र प्रधान विरुद्व विशेष अदालतमा मुद्दा दायर गएको छ ।
अख्तियार दुरुपयोग अनुशन्धान आयोगले सेवाप्रवेश प्रयोजनको लागी पेस भारतको पटनास्थित विहार इन्टरमिडियट एजुकेशन काउन्सिलबाट आइएस्सी उर्तिण गरेको भनिएकोमा योग्यता नक्कली भएको भन्दै मुद्दा दायर गरेको हो ।
उनलाई भ्रष्टाचार निवारण ऐन ,२०१७ को दफा १२ र २९ तथा प्रचलित भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा १६(१) बमोजिक सजाय गर्न माग गरेको छ ।