घुस लिँदालिँदै विद्युत प्राधिकरणका सुपरभाइजर पक्राउ

159
  •  
  •  
  •  

काठमाडौं, १७ चैत (ओएनएस) : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक लाख ५० हजार रुपैयाँ घुस लिइरहेको अवस्थामा नेपाल विद्युत प्राधिकरणका  सुपरभाइजरलाई मंगलबार पक्राउ गरेको छ ।

अख्तियारले रौतहटको नेपाल विद्युत प्राधिकरण, प्रसारण शाखा चन्द्रनिगाहपुरका सुपरभाइजर उमेश कुमार सिंहलाई पक्राउ गरेको हो । सिंहलाई चन्द्रनिगाहपुरको अल्पाइन होटलबाट नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ ।

उनले रंगपुर गाविसस्थित राहुल राइस मिलमा विद्युत लाईनको मिटर जडान कार्यको लागि सेवाग्राहीसँग घुस मागेको भन्ने सुचनाको आधारमा अख्तियारको टोलीले पक्राउ गर्न सफल भएको हो । सिंहमाथि थप अनुसन्धान भैरहेको अख्तियारले जनाएको छ ।


  •  
  •  
  •