यातायात कार्यालयका नायब सुब्बा घुससहित पक्राउ

125
  •  
  •  
  •  

काठमाडौं, १७ असार (ओएनएस) : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय लुम्विनीका नयाब सुब्बालाई घुस रकमसहित पक्राउ गरेको छ ।

अख्तियारले नायवब सुब्बा यादव केसीलाई पक्राउ गरेका हुन् । उनले सवारी चालक अनुमतिपत्र नविकरण गर्ने कार्यका सुनवल-६, नवलपरासीका एकजना सेवाग्राहीसँग ६ हजार घुस मागेका थिए ।

घुस मागिरहेको भन्ने सूचनाको आधारमा  आयोगको बुटवलस्थित सम्पर्क कार्यालयबाट खटीई गएको टोलीले नासु केसीलाई घुस  लागि लेनदेन भएको हजार नगद रकम समेत बरामद गरी कार्यक्षबाट नियन्त्रणमा लिई थप अनुसन्धान भैरहेको छ ।


  •  
  •  
  •