हेटौंडा, १० फागुन (ओएनएस) : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय अनुसन्धान विभागका सूचकलाई घुस लिँदालिँदै रंगेहात पक्राउ गरेको छ ।
अनुसन्धान विभाग, हेटौंडाका सूचक मिठाराम भट्टाईलाई अख्तियारको हेटौंडा क्षेत्रीय कार्यालयको टोलीले पक्राउ गरेको हो ।
भट्टराईको साथबाट अख्तियारले घुस बापत लिएको एक लाख रुपैयाँ बरामद गरेको छ ।
अनुसन्धान सहायक पदमा नाम निकाली दिने भनि सेवाग्राहीसंग घुस र रिसवत माग गरेको भन्ने उजुरीको अधारमा भट्टराई पक्राउ परेका हुन् ।
सूचक भट्टराईलाई रंगेहात नियन्त्रणमा लिई थप अनुसन्धान भैरहेको छ ।