घुस रकमसहित नापी सर्वेक्षक पक्राउ

130
  •  
  •  
  •  

काठमाडौ, ६ बैशाख (ओएनएस) : जिल्ला नापी कार्यालय बाँकेका एक सर्वेक्षक घुस रकमसहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्वेक्षक देवेन्द्र प्रसाद कुम्हार रहेका छन् ।

कुम्हारले सेवाग्रहीसँग १० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा आयोगको कोहलपुरस्थित सम्पर्क कार्यालयबाट खटेको टोलीले पक्राउ गरेको हो ।

उनले हाल साविक जग्गाको कित्ताकाट गर्नका लागि घुस माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा आयोगको कोहलपुरस्थित सम्पर्क कार्यालयबाट खटी गएको थियो ।

रकम वरामद गरी सर्वेक्षक कुम्हारलाई पक्राउ गरी थप अनुसन्धान भैरहेको अख्तियारले जनाएको छ ।


  •  
  •  
  •