साढे तीन लाख घुससहित शाखा अधिकृत पक्राउ

233
  •  
  •  
  •  

काठमाडौ, २३ चैत(ओएनएस) :  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौं महानगरपालिकामा कार्यरत शाखा अधिकृतलाई घुस रकमसहित पक्राउ गरेको छ ।

अख्तियारले शाखा अधिकृत दिपक अधिकारलाई बानेश्वरको पुजा प्रतिष्ठानमार्गबाट घुस बापत लिएको साढे तीन लाख रुपैयाँसहित पक्राउ गरेको हो ।

अधिकारीले भक्तपुरको बालकोट–४ स्थित रीनादेवि साहको घरमा भएको तल्लाको नक्सा पास गराइदिने कार्यको लागि घुस लिएको अख्तियारले जनाएको छ ।


  •  
  •  
  •