घुस रकमसहित नापी सर्वेक्षक र अमिन पक्राउ

151
  •  
  •  
  •  

काठमाडौ,  २२ चैत ‍(ओएनएस)  : अख्तियार दुरुपयोग अनुसन्धान अयोगले बर्दिया वन कार्यालयका नापी सर्वेक्षक र अमिनलाई घुस रकमसहित पक्राउ गरेको छ ।

अख्तियारले जिल्ला नापी कार्यालय, बर्दियाका नापी सर्वेक्षक भिमलाल आचार्य र कार्यालयका अमिन रविन्द्र कुमार सापकोटालाई पक्राउ गरेको हो ।

सेवाग्राहीले आफ्नो आवादी जग्गामा रहेको रुख कटानको लागि जिल्ला वन कार्यालय, बर्दियामा दिएको निवेदन उपर आवश्यक कारवाहीको क्रममा फिल्ड भिजिट गर्ने कार्यका लागि नापी सर्वेक्षक आचार्यले घुस माग गरिरहेको भन्ने सुचनाको आधारमा अख्तियारले पक्राउ गरेको हो ।

सुचनापछि  आयोगको कोहलपुरस्थित सम्पर्क कार्यालयबाट खटी गएको टोलीले नापी सर्वेक्षक भिमलाल आचार्यले सेवाग्राहीसंग दश हजार  घुस रिसवत लिई अमिन सापकोटालाई राख्न दिएको अवस्थामा उक्त रकम वरामद गरिएको थियो ।


  •  
  •  
  •