घुस लिँदालिँदै शिक्षा कार्यालयका कर्मचारी पक्राउ

192
  •  
  •  
  •  

काठमाडौं, १८ चैत (ओएनएस) : अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रिय कार्यालय हेटौंडाबाट खटेका बिशेष टोलिले आज घुस लिँदालिँदै कलैयाबाट एक जना शिक्षा कार्यालय बाराका कर्मचारीलाइ पक्राउ गरेको छ ।

जिल्ला शिक्षा कार्यालय बाराअन्तर्गतका बरियारपुर स्रोत केन्द्रका स्रोत व्यक्ति जगदिश कुशवाहालाइ ५० हजार रुपैयाँ घुससहित अख्तियारका टोलिले पक्राउ गरेको हो ।

कलैया नगरपालिका वडा नं.५ स्थित कुशवाहाको आफ्नैं घरबाट पक्राउ गरिएको अख्तियारका हेटौंडा क्षेत्रिय कार्यालयका प्रवक्ता महेन्द्रनाथ भट्टराइले बताए ।

उनका अनुसार महागढीमाई नगरपालिकाको गंजभवानीपुरमा युनाइटेड पब्लिक स्कुल खोल्नका लागि स्रोत व्यक्ति कुशवाहाले सिफारिस गरेवापत ५० हजार घुस माग गरेका थिए ।


  •  
  •  
  •