मालपोतका सुब्बा ५० हजार घुससहित रंगेहात पक्राउ

135
  •  
  •  
  •  

काठमाडौं, १५ फागुन (ओएनएस) :  मालपोत कार्यालय सप्तरीका नायव सुब्बा घुस लिँदालिँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको फन्दामा परेका छन् ।

अख्तियारको टोलीले सप्तरी मालपोतका सुब्बा राजेन्द्र कुमार शाहलाई शुक्रबार पक्राउ गरेको हो । अख्तियारको इटहरी कार्यालयको टोलीले शाहले ५० हजार घुस लिइरहेको अवस्थामा पक्राउ गरेको थियो ।

शाहले जग्गाको हक निखन्ने मुद्दा मिलाइदिन्छु भनी सेवाग्राहीसँग घुस मागेका थिए । अख्तियारले शाहको साथबाट ५० हजार बरामत गर्दै नियन्त्रणमा लिएको थियो । शाहमाथि थप अनुसन्धान भैरहेको अख्तियारले जनाएको छ ।


  •  
  •  
  •