६९ लाख भ्रष्टाचार अभियोगमा बाँकेका तत्कालिन जिशिअसहित ९ बिरुद्ध मुद्दा

143
  •  
  •  
  •  

काठमाडौ, १२ चैत (ओएनएस) : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला शिक्षा कार्याल बाँकेका तत्कालिन जिल्ला शिक्षा अधिकारी भक्तबहादुर ढकालबिरुद्ध विशेष अदालतमा बिहिबार मुद्दा दायार गरेको छ ।

अख्तियारले ढकालसहित एक उपसचिव र एक शाखा अधिकृत तथा ६ शिक्षकबिरुद्ध पनि मुद्दा हालेको छ । मुद्दा दायर गरिएकोमा उपसचिव राम सुरेश यादव र शाखा अधिकृत मन प्रसाद रेग्मी तथा शिक्षकहरु सत्यनारायण पाठक,  अर्जुन कुमार पौड्याल,  रुद्र बहादुर वली, एकदेव पन्थ, सिताराम कुर्मी बर्मा र भोला प्रसाद तिवारी छन् ।

तत्कालिन जिशिअ ढकालले ६९ लाख १४ हजार भ्रष्टार गरेको अख्तियारले जनाएको छ । ढकाल सहितले शिक्षा विभागको दरबन्दी मिलान निर्देशिका विपरीत २०६८ साल श्रावणबाट अवकाश प्राप्त पि.सि.एफ शिक्षकहरूलाई राहत अनुदानबाट तलव भत्ता पाउने गरी नियुक्ति तथा पदस्थापना गरी नेपाल सरकारलाई हानीनोक्सानी पुर्याको अख्तियारले उल्लेख गरेको छ ।

उनीहरुलाई भ्रष्टाचारनिवारण‬ ऐन २०५९ को दफा १७ द्वारा परिभाषित कसुर गरेको पुष्टि हुन आएकोले उक्त कार्यमा संलग्न रहेका उपर तलव भत्ता बापत भुक्तानि गरेको रू ६९,१४,०५१.८५ विगो कायम गरी सोहि ऐनको बमोजिम सजाय हुन मद्दा दायर गरिएको हो ।

प्रचलीत शिक्षा ऐन नियममा व्यवस्था नभएको कार्य गराउन दवाव सिर्जना गर्ने शिक्षकहरूलाई भ्रष्टाचारनिवारण ऐन २०५९ को दफा १८ द्वारा परिभाषित कसुर गरेकोले हदैसम्मको सजायको मागदावी लिई विशेष अदालतमा आरोपपत्र दायर गरिएको हो ।


  •  
  •  
  •