काठमाडौ, ३ फागुन (ओएनएस) : अख्तियार दुरुपयोग अनुसन्धान आयोगका क्षेत्रीय कार्याल्य धनकुटाका शाखा अधिकृत खिमानन्द ज्ञवाली घुस लिँदालिँदै पक्राउ परेका छन् ।
ज्ञावली धनकुटाको ताङ्खुवा गाविसका तत्कालिन सचिव उपर परेको उजुरी मिलाइदिन्छु भनि सेवाग्राहीसँग १ लाख ५० हजार रुपैयाँ घुस लिँदै गर्दा पक्राउ परेको अख्तियारले जनाएको छ ।
अख्तियारले आफ्नै कर्मचारीले घुस लिएको पुष्टि भएको उल्लेख गर्दै ज्ञावलीबिरुद्ध भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३(१) द्वारा अन्तर्गत कसुर गरेको पुष्टि हुन आएकोले शाखा अधिकृत ज्ञिवाली लाई एक लाख पचास हजा विगो कायम गरी सोहि ऐनको दफा ३(१) र ३(१)(घ) बमोजिम सजाय हुन आइबार विशेष अदालत काठमाण्डौमा आरोपपत्र दायर गरिएको छ ।