विशेष अदालतमा दायर ८० % मुद्दामा अख्तियार सफल

289
  •  
  •  
  •  

काठमाडौ, १३ माघ (ओएनएस) : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७०/७१ मा ६८ प्रतिशत उजुरी फर्छयौट गरेको छ । जसमध्ये विशेष अदालतमा दायर गरिएका मुद्दाहरुमध्ये ८० प्रतिशतमा आयोगलाई सफलता मिलेको  छ ।

आयोगका प्रमुख आयुक्त लोक मान सिंह कार्कीले मंगलबार राष्ट्रपति डा. रामवरण यादवलाइ आयोगको चौविसौं बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै कुल २२,६०२ उजुरीहरु प्राप्त भएकोमा करिब ६८ प्रतिशत उजुरीहरु फर्छयौट भएको जानकारी दिएका हुन् ।

यो वर्ष ६५२ जनालाई प्रतिवादी बनाई कुल १६८ वटा मुद्दा विशेष अदालतमा दायर गरिएकोमा १ अर्ब ६६ करोड रुपैयाँ भन्दा बढी बिगो माग दाबी लिइएको छ । विभिन्न मुद्दाहरुबाट ३९ करोड ४८ लाख रुपैयाँ असुल उपर भएको छ ।

राष्ट्रपतिलाई प्रतिवेदन बुझाउँदै कार्कीले सार्वजनिक सरोकारका कुनै पनि क्षेत्र भ्रष्टाचारबाट अछुतो रहन नसकेको आभास हुन थालेको बताउँदै सो राजनीतिक अस्थिरता र राजनीतिक संक्रमणलस्वेच्छाचारिता बढ्दै गएबाट आमनागरिकहरु राज्यप्रदत्त सेवा र सुविधा प्राप्त गर्ने नैसगिर्क अधिकारबाट वञ्चित हुनुपरेको बताए ।

कुनै पनिस्वरुपका भ्रष्टाचारजन्य कार्यहरुको पहिचान गर्ने, सूचना संकलन गर्ने र आवश्यक अनुसन्धान तहकिकात गरी कारबाहीको दायरामा ल्याउने कार्यमा कुनै कसर बाँकी नराख्ने दृढता समेत प्रमुख आयुक्त कार्कीले ब्यक्त गरे ।

राष्ट्रपति डा. यादवले प्रत्येक संस्थाले समाज र राज्यलाई फाइदा पुग्ने गरी काम गर्न जरुरी भएको बताउँदै भ्रष्टाचार नियन्त्रणका लागि आयोगले आफ्नो भूमिका बढाउन र निरोधात्मक र प्रवद्र्धनात्मक रणनीतिमा जोड दिन निर्देशन दिए ।


  •  
  •  
  •