अख्तियारकै दुई अधिकृतले लिए घुष, अनुसन्धानको लागि हिरासतमा

380
  •  
  •  
  •  

ciaa-building_20120501084611काठमाडौ, २९ पुस (ओएनएस) : अख्तियार दुरुपयोग अनुन्धान आयोगले घुस लिने आफ्ना दुई कर्मचारीलाई हिरासतमा लिएको छ । आयोगको क्षेत्रीय कार्यायल पोखराका शाखा अधिकृत विनोद अमात्य र लेखा अधिकृत तोयानाथ शर्मालाई दुई लाख घुष लिएको भन्ने उजुरीको आधारमा नियन्त्रणमा लिइएको हो ।

जिल्ला स्वास्थ्य कार्यालय कुश्मा, पर्वतले औषधी लगायतका समान खरिदमा भ्रष्टाचार गरेको भन्ने उजुरीको अनुसन्धानका क्रममा अमात्य र शर्माले घुष लिएको अख्तियारले जनाएको छ ।

उनीहरुको टोली स्थलगत रुपमाा पर्वत जिल्लामा जादा अनुसन्धान भैरहेको केश मिलाईदिन्छु भनि जिल्ला स्वास्थ्य कार्यालय पर्वतका प्रमुख डा. नारायण ओझासंग दुई लाख घुष लिएका थिए । उनीहरुबिरुद्ध उजुरी निवेदन उपर छानविनका क्रममा हालसम्म संकलित प्रमाणबाट नियन्त्रणमा लिइएको हो ।

आयोगको जिम्मेवार अनुसन्धान अधिकृतको पदिय हैसियतमा रही आयोगको उदेश्य प्राप्तिका लागि मन, वचन र कर्मले समर्पित हुनुपर्नेमा सदाचारको खोल ओढी भ्रष्टाचार विरुद्धको गरिमामय अभियानमा धब्बा लगाउने निकृष्ट एवं निन्दनिय कार्य गरेको पाईएकोले उनीहरुलाई नियन्त्रणमा लिई हिरासतमा राखी थप अनुसन्धान भैरहेको छ ।


  •  
  •  
  •