आयल निगमका तीन उच्चअधिकारी अख्तियारको हिरासतमा

282
  •  
  •  
  •  

काठमाडौं २३ असार (ओएनएस) : अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नेपाल आयल निगमका अधिकारीलाई हिरासतमा लिएको छ । पश्चिमाञ्चल क्षेत्रीय कार्यालय भलबारी डिपोका क्षेत्रीय प्रबन्धक नागेन्द्र कुमार कुर्मीसहित तीन उच्च अधिकारीलार्इ अनियमितताको आरोमा हिरासतमा लिएको हो। निगमलाई हानि नोक्सानी पुर्याउने कार्यमा हालसम्मको प्रमाणबाट संलग्नता देखिएकोले अनुसन्धानको क्रममा आयोगबाट भलबारी डिपोका क्षेत्रीय प्रबन्धक नागेन्द्र कुमार कुर्मी प्रबन्धक दीपेन्द्र बस्नेत र सहायक प्रबन्धक रविनकुमार राउतलाई हिरासतमा लिइएको अख्तियारले जनाउको छ। धरौटी माग गरिएकोमा धरौटी बुझाउन असमर्थता व्यक्त गरेकोले अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट हिरासतमा लिई अनुसन्धान प्रवक्ता श्रीधर सापकोटाले जारी विज्ञप्तमिा उल्लेख छ।


  •  
  •  
  •