भारतले दियो अख्तियारलाई ३५ गाडी

163
  •  
  •  
  •  

काठमाडौ, ३ बैशाख(ओएनएस) : अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाइ भरातले ३५ वटा सवारी साधन सहयाेग गरेको छ ।   सवारी साधनहरू बिहिबार एक समारोहका वीच हस्तान्तरण गरिएको छ ।  नेपालका लागि भारतका राजदुत रञ्जित रेले आयोगका प्रमुख  लोकमान सिंह कार्कीलाई सवारी साधनको साँचो प्रदान गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख आयुक्त कार्कीले आयोगलाई प्राप्त सहयोगका लागि भारत सरकारप्रति आभार गरे। साथै यस किशिमको सहयोगबाट आयोगलाई भ्रष्टाचार विरुद्दको अभियानमा अझ सशक्तरुपमा लाग्न सहयोग पुग्ने विश्वास व्यक्त गर्दै प्रमुख आयुक्त कार्किले यसका लागि महामहिम राजदुत रे लाई विशेष धन्यवाद दिए । सम्बोधनकै क्रममा प्रमुख आयुक्तले आयोगमा कार्यरत कर्मचारीहरूको क्षमता विकासका लागि भारत सरकारबाट हाल सालै प्रदान गरेको तालिमका लागि समेत धन्यवाद व्यक्त गरे ।

भारतीय राजदुत रञ्जित रे ले नेपालमा भ्रष्टाचार नियन्त्रण गरी सुशासन प्रवर्धन गर्न हालका दिनहरूमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको कार्यको प्रंशसा गर्दै यस्तो कार्यमा भारत सरकारका तर्फबाट सानो सहयोग गर्न पाउँदा भारत सरकार खुसी रहेको र आफूमा गौरवको अनुभूति भएको विचार व्यक्त गरे।
एउटा असल छिमेकीको रुपमा भारतले सधैं नेपालको उन्नती र प्रगति चाहेको, जसका लागि हर सम्भव सहयोग गर्न भारत सरकार तत्पर रहेको धारणा व्यक्त गरे ।


  •  
  •  
  •