औषधी खरिदमा भ्रष्टाचार गरेको अभियोगमा ६ जनाबिरुद्ध मुद्दा

286
  •  
  •  
  •  

काठमाडौं, २३ चैत (ओएनएस) : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले औषधी खरिदमा भ्रष्टाचार गरेको अभियोगमा ६ जनाबिरुद्ध मुद्दा दायर गरेको छ । अख्तियारले जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका तत्कालिन प्रमुखसहित आपूर्तिकर्तालाई सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

मुद्दा दायर गरिएकामा तत्कालिन जिल्ला स्वास्थ्य प्रमुख केहर सिं गोदार (हाल पाल्पा जिल्ला प्रमुख), लेखा अधिकृत पूर्णप्रसाद रेग्मी, नायब सुब्बा लक्ष्मीभक्त उपाध्याय, लेखापाल लक्ष्मीभक्त शर्मा, नयाब सुब्बा कृष्ण प्रसाद ढुंगाना र मेडीको फर्माका संचालक जगन्नाथ ओझा रहेका छन् ।

अख्तियारले गोदार र ओझाले झण्डै १७ लाख रुपैयाँ, रेग्मी र उपाध्यायले १२ लाख ३२ हजार तथा शर्मा र ढुंगानाले ४ लाख ६० हजार रुपैयाँ भ्रष्टाचार गरेको अभियोग सहित सोहि अनुसारको बिगो दाबी गरेको छ । उ

नीहरुले एमोजीकिलिन (५०० एमजी) लगायत क्याप्सुल औषधी खरिद गर्ने क्रममा अनियमितता गरेको अख्तियारले जनाएको छ ।

औषधी खरीद गर्ने क्रममा सार्वजनीक खरिद ऐन र नियमको उलंघन गरेको, औषधी स्टोरमा पर्याप्त हुँदा हुँदै मौज्दात नभएको भनि झुठ्ठा बिबरण उल्लेख गरी औषधी खरीद गर्ने टिप्पणी सदर गरेको, औषधी खरीद गरेको देखाउन आपूर्तीकर्तासंग मिलेमतो गरी औषधी आपूर्ती गरेको भनि बिल मात्र पेश गर्न लगाई झुठ्ठा बिलको आधारमा आफूहरू तथा आपूर्तीकर्तालाई गैर कानुनी लाभ पुर्याई नेपाल सरकारलाई बदनियतपूर्ण तवरले हानीनोक्सानी पुर्याएको व्यहोरा प्रमाण कागजातबाट पुष्टी भएको अख्तियारले जनाएको छ ।

CIAA aausadhi


  •  
  •  
  •