सुधिर बस्नेत बारे छानविनकालागि आगोग बनाउन अख्तियारको निर्देशन

426
  •  
  •  
  •  

काठमाडौं ६ असार (ओएनएस) :
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घरजग्गा तथा हाउजिङ व्यवसायी सुधीर बस्नेत बारे छानविनका लागि आयोग बनाउन सरकारलाई सिफारिस गरेको छ । बचत कर्ताको ठूलो रकम जोखिममा परेको भन्दै उनकोसम्पत्तिबारे छानविन गर्न अधिकार सम्पन्न आयोग गठन गर्न सरकारलाई सिफारिस गरेको हो । विभिन्न बैंक, वित्तीय संस्था र फ्याट बुकिङकर्ता व्यक्तिहरुको लगानी जोखिममा परेको भन्दै अख्तियारले उनको सम्पूर्ण सम्पत्तिको व्यवस्थापन गर्ने गरी आयोग बनाउन सरकारलाई लेखी पठाएको हो ।

अख्तियार जारी गरेको विज्ञप्तीमा भनिएको छ ‘सर्वसाधारण, सहकारीका वचतकर्ताहरु एवं बैंक तथा वित्तीय संस्थाहरुको रकम सुरक्षित गर्नका लागि निज सुधिर बस्नेतका सम्पूर्ण सम्पत्तिहरुको समुच्चा व्यवस्थापन गरि समस्या समाधान गर्न सक्ने अधिकार सम्पन्न आयोग अविलम्ब गठन गर्नु ।’
बस्नेत कालोसूचीमा परेपछि उनी अध्यक्ष रहेको ओरिएन्टल सहकारीका सदस्यहरुको बचत रकम समेत फिर्ता हुन सकेको छैन ।
आयोग ऐनको दफा २८ अनुसार मन्त्रिपरिषद्लाई मुख्यसचिवमार्फत लेखी पठाइएको उपसचिव एवं सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।


  •  
  •  
  •