पेरिसको पुरानो ऐतिहासिक चर्चमा आगलागी(फोटोफिचर)

167
  •  
  •  
  •  

पेरिस(एजेन्सी) । फ्रान्सको पेरिसस्थित ८५० वर्ष पुरानो ऐतिहासिक नोट्र डाम क्याथेड्रल चर्चमा भीषण आगलागी भएको छ ।

आगोले चर्चको माथिल्लो भाग खरानी बनाएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । बीबीसीका अनुसार चर्चमा थप क्षति हुन नदिन अग्निनियन्त्रकहरु खटिइरहेका छन् । यद्यपि, नियन्त्रणको प्रयास सफल भएको छैन ।
चर्चमा नेपाली समयअनुसार सोमबार राति आगलागी भएको हो ।

फ्रान्सको इतिहास र सभ्यता बोकेको चर्चमा कसरी आगो फैलियो भन्ने खुलेको छैन । यद्यपि, जीर्णोदारको काम भइरहेकाले यसको सम्बन्ध हुनसक्ने अनुमान गरिएका छन् ।

आगलागीलगत्तै चर्च पुगेका फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले इतिहासमा क्षति पुगेको भन्दै आगलागीप्रति दुःख व्यक्त गरेका छन् । उनले फ्रान्सेलीहरुले हातेमालो गरेर चर्चलाई पुरानै अवस्थामा फर्काउने प्रतिबद्धता जनाएका छन् ।

 

तस्बिरहरु : दी गार्डियन, न्यूयोर्क टाइम्स र अन्य एजेन्सी ।


  •  
  •  
  •