समुदायलाई संरक्षणको जिम्मा दिए सय वर्षपछि चुरे क्षेत्र वनले ढाक्छ

170
  •  
  •  
  •  

काठमाडौं, ८ फागुन (ओएनएस)  : समुदायलाई संरक्षणको जिम्मा दिए सय वर्षमा चुरे क्षेत्र वनले ढाक्ने एक अध्ययनले देखाएको छ ।

डा. भरत पोखरेलले २२ वर्ष लगाएर गरेको अध्ययन अनुसार चुरेमा अहिले १ प्रतिशतको दरले वन क्षेत्र बढिरहेको छ । पोखरेलले १९९२ देखि २०१४ सम्म चुरे क्षेत्रबारे अध्ययन गरेका थिए । ‘ अहिले चुरे क्षेत्रमा जंगल बढ्ने क्रम छ । ४० हजार हेक्टरको दरले वन क्षेत्र बढिरहेको छ । ’

हाल नेपालमा २५ प्रतिशत चुरे क्षेत्र छ । चुरे क्षेत्रको ७७ प्रतिशत भू–भाग वन क्षेत्रले ढाकेको छ । सामुदायीक वन उपभोक्ता महासंघको संयोजनमा शुक्रबार आयोजित चुरे संरक्षण जनअधिकार सम्मेलनमा कार्यपत्र प्रस्तत गर्दै पोखरेलले भने, ‘चुरे क्षेत्रमा मानिसको बसोवास कम हुँदै गएकोले पनि वन क्षेत्र बढ्दै गएको हो । समग्र चुरेको अध्ययन गर्दा वन उपभोक्ता समूहले संरक्षणमा उल्लेख्य काम गरेका छन् । ’

अध्ययनले चुरेका ३६ जिल्ला मध्ये अर्घाखाँची, पाल्पा, कञ्चनपुर, कपीलवस्तु र रुपन्देहीको चुरे क्षेत्रमा जंगल बढेको देखाएको छ । यस्तै तराईका सिराहा, धनुषा, सुनसरी, महोत्तरी र इलाममा वन घट्दै गएको छ । उक्त अध्ययनले सामूदायीक वन उपभोक्ता संघ नभएका जिल्लामा वन घटेको र भएका जिल्लामा वन बढेको देखाएको छ ।

यहिस्थितिमा विनास बढ्दै गए सामूदायीक वन उपभोक्ता संघ नभएको जिल्लामा ४५५ वर्षमा चुरे मरुभूमिमा परिणत हुनेछ । यस्तै सामूदायीक वन उपभोक्ता संघ भएको जिल्लामा ७७० वर्षमा चुरे क्षेत्र उडान हुनेछ ।

‘स्थानीय उपभोक्तालाई वन संरक्षाणको जिम्मा दिँदा राम्रो काम भएको देखिन्छ ।’ पोखरेलले भने, ‘ तर, अहिले सरकारले जसरी आफै काम गर्ने जिम्मा लिएको छ, त्यसले चुरे क्षेत्रको विनास बढ्छ । ’

सरकारले चुरे क्षेत्रमा विनास बढ्दै गएको भन्दै राष्ट्रपति चुरे वातावरण संरक्षण क्षेत्र घोषणा गरेको थियो । क्षेत्रअन्तर्गत गठन भएको चुरे तराई मधेस संरक्षण समितिले वन उपभोक्तालाई चिड्याएर काम गर्दा विनास झन् बढ्ने पोखरेलको दाबी छ ।

वनलाई संरक्षण गर्दै आएका वन उपभोक्ता संघहरुले नै चुरे सरक्षणको कार्यक्रम चलाउन दिए मात्र सकारात्मक परिणमा निस्कने उनले बताए ।

चुरेका २३ जिल्लाको अध्ययन गरेका हरि रोकाका अनुसार चुरे क्षेत्रमा संरक्षण गर्ने संस्थाहरुबीच समन्वयको अभाव देखिएको छ । ‘प्रशासनीक तहमा स्रोत र हिस्सा प्राप्तीको झगडा भएको जस्ले गर्दा चुरे विनासको संभावना बढेको छ ।


  •  
  •  
  •