उम्मेदवारमाथि अज्ञात समूहद्वारा छुरा प्रहार

409
  •  
  •  
  •  

लहान, १९ मंसिर (ओएनएस) :  अज्ञात समूहले सप्तरीको बलान बिहुल गाउँपालिकास्थित बिहुल नदीको किनारामा एक उम्मेदवारमाथि छुरा प्रहार गरेको छ । उक्त गाउँपालिकाको कमलदाहाबाट घरदैलो सकेर फर्किने क्रममा राति करिब १० बजेतिर नेपाल संघीय समाजवादी पार्टीका तर्फबाट सप्तरी क्षेत्र नं ४ (ख) का प्रदेशसभा उम्मेदवार मो. सहमुद अलीमाथि छुरा प्रहार भएको हो ।

छुरा प्रहारबाट उम्मेदवार अलीको टाउको र हातमा काटिएकाले स्थानीय क्लिनिकमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घरदैलो कार्यक्रमपछि मोटरसाइकलबाट घर फर्किने क्रममा पछाडिबाट दुईवटा मोटरसाइकलमा आएका तीन जनाको समूहले मोटरसाइकल रोक्न लगाएर आफूमाथि छुरा प्रहार गरेको उम्मेदवार अलीले बताए ।


  •  
  •  
  •