मनि ट्रान्सफर सञ्चालकमाथि छुरा प्रहार

1655
  •  
  •  
  •  

इटहरी, १२ मंसिर(ओएनएस) । सुनसरीको इटहरीमा मनि ट्रान्सफर सञ्चालकमाथि कार्यालयमा नै छुरा प्रहार भएको छ ।

इटहरी उपमहानगरपालिका ९ स्थित हटियालाइनमा रहेको एक्टिभ मनी ट्रान्सफरका सञ्चालक संखुवासभाका २८ वर्षका सविन दाहालमाथि छुरा प्रहार भएको हो ।

छुरा प्रहारबाट घाइते भएका दाहाललाई उपचारका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ ।
छुरा प्रहार गर्नेहरुको खोजी भइरहेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।


  •  
  •  
  •