भाजपाको चुनावी घोषणापत्र सार्वजनिक

430
  •  
  •  
  •  

नयाँ दिल्ली । भारतको सत्तारुढ पार्टी भारतीय जनता पार्टी (भाजपा) ले सोमबार चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले एक समारोहकाबीच घोषणापत्र सार्वजनिक गरेको हुन् ।

घोषणापत्र जारी गर्दै उनले उक्त घोषणापत्रमा राष्ट्रवाद, दर्शन र सुशासन मूलमन्त्रलाई समेटिएको बताए ।
आफ्नो सरकारले अलग्गै जलशक्ति मन्त्रालय बनाउने समेत उनको भनाइ छ ।  उक्त मन्त्रालय माछा मार्नेहरुलाई सशक्त पार्ने काममा क्रियाशील हुने उनले जानकारी दिए । सो पार्टीले घोषणापत्रलाई ‘संकल्प प्रस्ताव’को नाम दिएको छ । भाजपाका अध्यक्ष अमित शाहको अध्यक्षतामा भएको सो कार्यक्रममा राष्ट्रवाद आफ्नो सरकारको प्राथमिकतामा रहने जनाइएको छ ।

कार्यक्रममा गृहमन्त्री राजनाथ सिंहले राष्ट्रिय सुरक्षाको विषयमा कुनैपनि सम्झौता नहुने बताए । उनले आतंकवाद र उग्रवादको विरुद्धमा शून्य सहनशीलताको नीति लिइने जनाउँदै आतंकवादलाई नियन्त्रण गर्नका लागि सुरक्षा बललाई सशक्त पारिने समेत जनाएका छन् ।

सुरक्षाबललाई आधुनिक हतियारले सुसज्जित पारिने जनाउँदै पूर्वोत्तर भारतमा अवैध घुसपैठ रोक्नको लागि प्रभावकारी कदम चालिने समेत सो अवसरमा बताइएको थियो ।

घोषणापत्रमा देशका सबै किसानका लागि प्रधानमन्त्री किसान सम्मान निधि योजना शुरु गरिने समेत घोषणापत्रमा उल्लेख छ ।

कृषि क्षेत्रमा उत्पादन वृद्धिका लागि २५ लाख करोड रुपैयाँ लगानी गर्ने घोषणापत्रमा समेटिएको छ । सन् २०२२ सालसम्ममा रेलमार्गलाई ब्रोडगेजमा परिवर्तन गरिने समेत जनाइएको छ ।भाजपाको चुनावी घोषणापत्रमा भारत २०२५ साल सम्ममा ५ लाख करोड डलरको अर्थव्यवस्था हुने र २०३२ सम्ममा १० लाख करोड डलर बनाइने समेत जनाइएको छ ।

बीबीसी


  •  
  •  
  •