चुनावी र्‍याली नजिकै विस्फोट, कम्तिमा २४ जनाको मृत्यु

104
  •  
  •  
  •  

एजेन्सी । अफगानिस्तानमा चुनावी र्‍याली नजिकै विस्फोट हुँदा कम्तिमा २४ जनाको मृत्यु भएको छ ।
अफगानी राष्ट्रपति असरफ घानी उपस्थित सो र्याली भइरहेको ठाउँ नजिकै विस्फोट भएको हो ।

विस्फोटमा ३१ जना घाइते भएका छन् । राष्ट्रपति घानी भने सकुशल भएको रोयर्टसले जनाएको छ ।
राजधानी काबुलबाट उत्तरतिर पर्ने पारवान प्रान्तको चरीकारमा आयोजित र्‍यालीमा सम्बोधनका लागि राष्ट्रपति घानी त्यसतर्फ गएका थिए ।

स्थानीय सरकारका अनुसार उक्त हमला आत्मघाती हो । राष्ट्रपति घानीका सहयोगीले रोयर्टससँगको कुरा गर्दै राष्ट्रपति घानी सकुशल भएको जानकारी दिएका छन् । उक्त घटनाको अहिलेसम्म कसैले जिम्मा लिएको छैन ।

अफगानिस्तानमै अर्को क्षेत्रमा भएको विस्फोटमा तीनजनाको मृत्यु भएको छ । प्रहरीका राजधानी काबुलको केन्द्र भागमा भएको विस्फोट क्षेत्रतर्फ प्रहरी र एम्बुलेन्स परिचालन गरिएको छ ।


  •  
  •  
  •