चुडामणिलाई न्यायिक हिरासतमा राख्न सर्वोच्चको आदेश

153
  •  
  •  
  •  

chudamani-sharma
काठमाडौं, १७ साउन (ओएनएस) : आन्तरिक राजस्व विभागका निलम्बित महानिर्देशक चुडामणि शर्मालाई न्यायिक हिरासतमा राख्न सर्वोच्च अदालतले आदेश दिएको छ।

बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाई गर्दै सर्वोच्चका पाँच न्यायाधीश सहितको बृहत् पूर्ण इजलासले यस्तो आदेश दिएको हो । न्यायाधीशहरु दीपकराज जोशी, दीपककुमार कार्की, केदारप्रसाद चालिसे, सारदाप्रसाद घिमिरे र अनिलकुमार सिन्हाको बृहत् पूर्ण इजलासमा सुनुवाई भएको हो ।

शर्मा अब अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हिरासतमा नभई प्रहरी हिरासतमा रहने छन्। अख्तियारले शर्मासहित कर फर्छ्यौट आयोगका पदाधिकारीहरु विरुद्ध १० अर्बभन्दा बढी बिगो दावी गर्दै विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ।

उक्त मुद्दा हाललाई यथास्थितिमा राख्न सर्वोच्च अदालतका न्यायाधीश चोलेन्द्रशमशेर जबराको इजलासले अन्तरिम आदेशसमेत दिएको छ ।


  •  
  •  
  •