आइपिएल छोडेर घर फर्के क्रिस गेल

345
  •  
  •  
  •  

Chris-Gyaleकाठमाडौँ, ८ बैशाख(ओएनएस) : रोयल च्यालेन्जर्स बेङ्ग्लोर(आरसीबी)का स्टार ब्याटस्म्यान क्रिस गेल घर अर्थात् वेष्ट इण्डिज फर्किएका छन् । आफ्नो पहिलो बच्चाको जन्मने समयमा पत्नी नताशा बेरिजसँग रहनका लागि उनी घर फर्केका हुन् । उनले आइपिएलका आगामी दुई आ खेल गुमाउनेछन् ।

वेष्ट इण्डिजका क्रिस गेलले मुम्बई इण्डियन्सविरूद्वको वानखेडे स्टेडियममा हुने खेल र राइजिंग पुणे सुपरजाइन्ट्सविरूद्व शुक्रबार हुने खेल खेल्न पाउने छैनन् ।

आरसीबीका लागि यो संस्करणमा उनले राम्रो प्रदर्शन गर्न सकेका छैनन् । सनराइजर्स हैदराबादविरूद्वको खेलमा उनले १ रन मात्र जोडेका थिए भने दिल्ली डेयरडेभिल्सविरूद्वको खेलमा खाता समेत नखोली आउट भएका थिए । तर, आरसीबीका कप्तान विराट कोह्ली भने क्रिस गेलको फर्म गुमेकोमा चिन्तित भने छैनन् ।


  •  
  •  
  •